२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव समूहले प्रधानमन्त्रीलाई दिएको समय सकियो, कुनै छलफल भएन

प्रकाशित मिति :  २७ बैशाख २०७८, सोमबार ०४:३०


काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माधव गुटले वार्ता र छलफलको लागि दिएको समय सकिएको छ ।

माधव गुटले आफ्ना माग सम्बोधनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बिहान ९ बजेसम्मको समय दिएको थियो । हिजो बसेको सो समूहको बैठकले आज बिहान ९ बजेसम्म माग सम्बोधन नगेर ९ः३० बजे आफ्नो समूहका सांसदको बैठक बसी सांसद् पदबाट राजीनामा दिने लगायतको कुनै पनि आत्माघाती निर्णय गर्ने सक्ने चेतावनी दिएको थियो ।

हिजोको बैठक पछि सो समूहका नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले भन्नु भएको थियो, ‘हामीले जस्तो सुकै कठोर निर्णय पनि गर्नसक्छौँ ।’

हिजो मध्यराति सो समूहका नेता माधव नेपालले पनि एक विज्ञप्ति जारी गरी गत फागुन २८ गते एमाले केन्द्रीय कमिटीले गरेको निर्णय खारेज नगरे प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने लगायतका जुनसुकै कदम चाल्नसक्ने बताउनुभएको छ । उहाँल सरकारको पक्षमा मतदान गर्ने वातावरण बनाउको लागि ६ बुँदे प्रस्ताव अघि सार्नु भएको छ ।

आज सरकारको विश्वासको मत माथि मतदानको लागि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । सो बैठक अघि कसरी जाने भन्ने विषयमा छलफल गर्न माधव समूहको बैठक बस्दै छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !