११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव गुट सिंहदरबारमा, औपचारिक रुपमा पार्टी विभाजन गर्ने

प्रकाशित मिति :  २७ बैशाख २०७८, सोमबार ०६:०८


काठमाडौं । सिंहदरबारमा जम्मा भएका माधव गुटका सांसद्ले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समय सिमा सकिए पछि माधव गुटका सांसद् सिंहदरबारमा भेला भएका हुन् । सो गुटले छलफल गरी समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आज बिहान नौ बजेसम्मको समय दिएको थियो ।

प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुटगत रुपमा कुुनै सम्झौता गर्न नसकिने बताउनु भएपछि सो गुटले औपचारिक रुपमा नै पार्टी विभाजन गर्ने तयारी गरेको सांसद् झपट रावलले बताउनुु भयो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षले पार्टी एकता जारी राख्न आफूूहरुको मागमा लचकता नदेखाएको उहाँको आरोप छ । एमाले सांसदको हैसियतमा आजको बैठक अन्तिम हुनसक्ने रावलले बताउनुु भयो ।

माधव गुटका समानुपातिक सांसदले पनि राजीनामा दिने बताइएको छ । तर, सो गुटका कतिजनाले राजीनामा दिने भन्ने निश्चित भएको छैन ।

माधव गुटले आफ्नै पार्टीको सरकार ढलाउन पार्टी विभाजन गर्न लागेको हो । एमाले बाहेकका दलको सरकार बनाउन बहुमत संख्या पुर्याउने गरी नेपाल गुटका सांसदले राजीनामा दिने तयारी गरेका हुन् ।

आज प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिनु अघि नै माधव गुटका सांसद्ले राजीनामा दिने तयारी गर्दैछन् ।

सिंहदरबारमा माधव गटका नेता जम्मा हुने क्रम जारी छ । संसद् सचिवालयको बैठक कक्षमा माधव नेपाल, भीम रावल, झपट रावल लगायतका नेता केही समय अघि नै प्रवेश गरिसक्नु भएको थियो । भर्खरै मात्र सो गुटका अर्का नेता घनश्याम भुसाल पनि बैठक कक्षमा प्रवेश गर्नुभएको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !