२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओलीका गहकिला भनाईहरु

प्रकाशित मिति :  २७ बैशाख २०७८, सोमबार ०९:३५


काठमाडौं । विश्वासको मत सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा आफ्नो विचार प्रभावकारी ढंगले राख्नुभएको छ ।

विश्वासको मत सम्बन्धमा प्रधानमन्त्री ओलीका स्वादिला केही भनाई जस्ताको तस्तै ः

– माननीयजीहरुले हुन्न भन्ने पक्षमा कसरी रेजा लगाउन सक्नुहुन्छ ? कसरी सही गर्न सक्नुहुन्छ ? अलि दिन भेट नहुँदा फोन पनि गर्दैन प्रधानमन्त्रीले भन्ने रीस थियो कि ? असन्तुष्टि थियो कि ? त्यो पनि अब छाडिदिनुस् प्लिज । म काममै लागेर नभ्याएको । मेरो कसैप्रति कुनै पूर्वाग्रह छैन ।

– यही सदनले मलाई निर्वाचित गरेको हो । यही सदनको बलले तीन वर्षभन्दा बढि प्रधानमन्त्रीको हैसियतमा यस रोष्ट्रममा उभिएको छु । यही सदनको बलले फेरि पनि रहन्छु भन्ने विश्वास गर्छु ।

– सरकार जसको बन्ला, जस्तो बन्ला, बेग्लै कुरा हो । यसो भन्दा कतिपयलाई कस्तो बन्ला, कसको बन्ला भन्ने लाग्ला । मैले सैद्धान्तिक रुपमा भनेको । म छँदाछँदै यो सदनले अर्काेलाई बनाउँछ भनेर म कसरी चिताउँछु ? यतिका काम गरेको छु ।

– बाहिरका हल्लाखल्ला बेग्लै हुन् । विघठित प्रतिनिधि सभा पुर्नस्थापना गरियो । बाहिर बाहिर भनियो प्रधानमन्त्री भएन भनेर । तर, ममाथि अविश्वास गरिएन ।

– राजनीतिमा सँगै भएपछि, एउटै देशमा काम गरेपछि कहिलेकाहिँ भनाभन पनि हुँदो रहेछ । कोही साथीहरुले के भन्ने, कोहीले के भन्ने भएपछि मैले पनि अलिअलि भने हुँला । पार्टी अलग भइसक्दा पनि, विश्वास छैन भन्दाखेरी पनि समर्थन फिर्ता त लिनु भएन । कति सुदृढ समर्थन रहेछ भने म आफैंले विश्वासको मत लिन्छु नभनेसम्म समर्थन फिर्ता लिनुभएन ।

– दुईतीन दिन भएको छ समर्थन फिर्ता भएको । अहिले केही बिग्रिएको छैन । आज समर्थन दिए भइगयो नि ।

– यदि कुनै दलले नदिने भनेर निर्णय गरेर आउनुभएको छ भने पनि नेताले यहिँ दिनु भनिदिएपछि पछि गएर सांसद्हरु सच्याउन खुसी हुनुहुनेछ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !