३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सांसद् किनबेच भए-प्रचण्ड

प्रकाशित मिति :  २७ बैशाख २०७८, सोमबार १०:१३


काठमाडौं । माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्डले सांसद् किनबेच भएको दावी गर्नुभएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले सो कुरा बताउनुभएको हो ।

‘विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदापाउँदै पनि माग्नुभएको छ । विश्वासको मत तपाईंले पाउनुहुने स्थिति छैन’– प्रचण्डले भन्नुभयो ।

प्रतिनिधि सभा बैठकमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भन्नुभयो– ‘संसद् पुर्नस्थापना भएकै दिन राजीनामा दिनुस् भनेको थिएँ । अहिले पनि राजीनामा दिएर नयाँ सरकार बनाउने बाटो खोलिदिनुस् ।’

‘इतिहासका विसंगतिहरुको पुनरावृत्ति हुन नपाओस् । म आज खुसी छैन यो मञ्चबाट बोल्दा’– प्रचण्डले अगाडि भन्नुभयो– ‘अराजकता र अस्थिरताबाट म साँच्चै नै चिन्तित छु । आज फेरि उही परिस्थिति, फेरि विश्वासको मत, फेरि अविश्वास प्रस्ताव, फेरि जोडघटाउ, फेरि मानिसको किनबेचकै अवस्था जो देखिन थालेको छ, त्यसमा गहिरो चिन्ता व्यक्त गर्न चाहन्छु ।’

विश्वासको मत माग्ने नैतिक अधिकार पनि छैन प्रधानमन्त्रीलाई नभएको उहाँले दावी गर्नुभयो ।

‘विश्वासको मत नपाएपछि संविधानको अर्काे धारामा गएर सदन विघटन गरेर चुनावमा जाने प्रयोजनका लागि आउनुभएको त होइन ? जनताले आशंका गरेका छन् । विघटनको बाटो बनाउनका लागि विश्वासको मत माग्नुभएको त होइन ?’– प्रचण्डले भन्नुभयो ।

उहाँले भन्नुभयो– ‘इमानदारी र जिम्मेवारीपूर्वक विश्वासको मत लिन चाहेको भए पार्टी एकता भंग भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपथर््यो । तर, समर्थन फिर्ता किन नलिएको भन्न थाल्नुभयो ।’

प्रचण्डले भन्नुभयो– ‘समर्थन फिर्ता लिँदा तपाईंले फेरि विघटन गर्नुहुन्छ भन्ने डरले समर्थन फिर्ता नलिएको हो । यहाँ जालझेलको कुरा छैन, सीधासीधा कुरा छ ।’

विश्वासको मत लिने कुरा पनि स्वाभाविक, प्राकृतिक र तर्कसंगत नलागेको, नाटकीय लागेको प्रचण्डले दावी गर्नुभयो । उहाँले सोध्नुभयो– ‘नियमित अधिवेशन बोलाएर विश्वासको मत लिँदा हुँदैनथ्यो ?’

आफ्ना बारेमा प्रचण्डले भन्नुभयो– ‘म जस्तो लचिलो, म जस्तो उदार, म जस्तो भावुक मान्छे ।’ त्यसपछि अगाडि भन्नुभयो– ‘तपाईं कुरा गर्न सिपालु हुनुहुन्छ, तपाईको क्षमता मलाई थाहा छ । तपाईं र मेरो अन्तर के छ भने मनमा जे छ मेरो मुखमा त्यही आउँछ । अनुहारमा पनि त्यो आउँछ । तपाईं चाहिँ मनमा एउटा, मुख र अनुहारमा अर्काे गर्न सक्ने क्षमता तपार्इंमा रहेछ ।’

‘म अलिकति फकाउँदा फकिने मान्छे’– यसो भन्दै प्रचण्डले अगाडि भन्नुभयो– ‘तपाईंले हजारौंको जुलुस गरेर कोरोना फैलाउनुभयो ।’

-आइएनए न्युज एजेन्सी

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !