३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्वासको मत दिने अवस्था छैन- महन्थ ठाकुर

प्रकाशित मिति :  २७ बैशाख २०७८, सोमबार १०:२०


काठमाडौं । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले सरकार अल्पमतमा रहने अवस्थामा बजेट पारित नहुने र समस्या आउने बताउनुभएको छ ।

प्रतिनिधि सभामा विश्वासको मत उपर छलफलमा भाग लिँदै उहाँले आफ्ना माग मुद्दाको उपचार प्रधानमन्त्री केपी शर्मा ओलीले थाल्नुभएको भए पनि विश्वासको मत दिने अवस्था नरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिनुभयो ।

‘यो प्रस्तावमा पनि छैन, विपक्षमा पनि म छैन । हामी लोकतन्त्र आएपछि पनि पीडित अवस्था छौँ । हाम्रा सांसद् जेलमा छन् रेशम चौधरीलाई हामी यहाँ हेर्न चाहन्थ्यौँ तर उहाँ जेलमा हुनुहुन्छ । हाम्रा प्रदेशका मन्त्री र मेयर तारिखमा छन् । अहिलेको अवस्था हामी जे हेर्छौँ, यो संवधिानको त्रुटीले नै हो । संविधानमा गम्भीर त्रुटी देखिएको छ ।’

उहाँले भन्नुभयो’ ‘अहिले पनि हामी भेदभावबाट पीडित छौ’¬ महन्थले भन्नुभयो– ‘संविधान सर्वकालिक हुँदैन । त्यसको आवश्यकता अनुसार संशोधन हुनुपर्छ । संविधान आफैले भनिरहेको छ कि यसलाई संशोधन गर ।’

‘अहिले दुई किसिमको संकट छ’– महन्थले भन्नुभयो– ‘एउटा राजनीतिक संकट छ । अर्को कोभिड महामारीको संकट छ । महामारी प्रति सरकारले काम गरिरहेको छ, त्यो सबै ठाउँमा पुग्न सकेको छैन । जति प्रयाश भए पनि अहिले पनि अभावको अवस्था छ ।’

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !