२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारलाई विश्वास गर्न सकिदैन- उपेन्द्र यादव

प्रकाशित मिति :  २७ बैशाख २०७८, सोमबार १०:५८


काठमाडौं । विगतमा मधेस आन्दोलन उठाउन फैलाइएको अफवाहलाई जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले पुन उठाउनु भएको छ ।

प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको प्रस्तावमा बोल्दै उपेन्द्रले विगतको अफवाहलाई पुन तथ्य भन्दै उठाउनुभएको हो । केपी ओलीले मधेस आन्दोलनमा मारिएकाहरु आँप झरेको हो भन्नुभएको, समथर सबै मधेस होइन, मधेस भारतमा छ भन्नुभएको भन्दै विगतमा झुठो हल्ला फैलाइएको थियो । तर, उपेन्द्रले आफ्नै अगाडि ओलीले त्यसो भन्नुभएको हो भन्ने भान पर्ने गरी विगतको हल्ला उपर प्रतिनिधि सभा बैठकमा बोल्नुभएको हो ।

सरकारलाई विश्वास गर्न नसकिने विचार राख्दै उपेन्द्रले भन्नुुभयो– ‘जुुन संसद प्रति प्रधानमन्त्रीको विश्वास छैन, त्यही संसदमा कसरी विश्वासको मत माग्नुुहुुन्छ ?’

‘नागरिकता संसोधन विधेयक मधेसको मात्र समस्या नभएर सबैको हो । सारा नेपालीको समस्या हो । किन संसदमा यो विषयमा सुनुवाई हुँदैन ?’ – उपेन्द्रले भन्नुुभयो ।

सरकारले अध्यायदेशबाट शासन गर्न खोजेको र यसले देशमा निरंकुशता ल्याएको उहाँको आरोप थियो । मधेस आन्दोलनका बेला प्रधानमन्त्री ओलीकै समयमा सबैभन्दा बढी मुद्दा लागेको भन्दै सबै खारेज गर्नुपर्ने उपेन्द्रले माग गर्नुभयो ।

-आइएनए न्यज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !