३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपत्यकामा १५ दिन निषेधज्ञा थप हुने

प्रकाशित मिति :  २७ बैशाख २०७८, सोमबार १३:४२


काठमाडौं । काठमाडौं उपत्यकामा १५ दिन निषेधज्ञा थप हुने भएको छ ।

आज सोमबार उपत्यकाका तीनै वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नगरपालिकाका प्रमुख सम्मिलित डीसीसीएमसीको बैठकले निषेधाज्ञा थप गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

अब डीसीसीएमसीको सिफारिसलाई तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गर्ने छ । मंगलबार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने र निर्णय गर्ने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आएनएलाई जानकारी दिनुभयो ।

कोभिड–१९ महामारी तिब्र गतिमा फैलिन थालेपछि गत वैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसको एकहप्तापछि पुनः २९ गते सम्मका लागि निषेधाज्ञा थपिएको थियो । अब फेरि १५ दिनको लागि निषेधाज्ञा थपिने भएको छ ।

निषेधाज्ञाका ११ दिनमा करिव ८२ हजार संक्रमित थपिएका छन् । पाँच सय ९ जनाको ज्यान गएको छ ।

-आइएनए न्युज एजेन्सी

 


0
Shares

प्रतिक्रिया दिनुहोस !