३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोरोना महामारीमा नेपाललाई चाहिने सबै सहयोग दिने- चिन

प्रकाशित मिति :  २७ बैशाख २०७८, सोमबार १३:४८


काठमाडौं । चीन सरकारले कोरोना महामारीले आक्रान्त नेपाललाई चाहिने सबै सहयोग दिने भएको छ । चीनले नेपालमा तत्काल ठूलो अस्थायी अस्पताल बनाइदिने, भएका अस्पतालको क्षमता वृद्धि गरिदिने लगायतको पनि प्रस्ताव राखेको छ ।

नेपालमा कोरोना महामारीले २४ घन्टाभित्र एक सय ३९ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक भए लगत्तै चीनले यस्तो प्रस्ताव राखेको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनले कूटनीतिक च्यानल मार्फत् यस्तो प्रस्ताव राखेको हो ।

‘महामारीलाई ध्यानमा राखेर काठमाडौं सहित ठूला सहरमा सात दिन भित्रै विशाल अस्थायी अस्पताल निर्माण गरिदिने प्रस्ताव चीनबाट आएको छ’– परराष्ट्र स्रोतले भन्यो ।
महामारी नियन्त्रणका लागि आवश्यक सबै खालका सामग्री, औषधी र स्वास्थ्य उपकरण तत्काल दिने चीनले सन्देश पठाएको छ । स्रोत अनुसार चीनले तत्कालै ४० लाख खोप दिने प्रस्ताव पनि पठाएको छ ।

महामारी ग्रामीण क्षेत्रमा फैलने जोखिमलाई ध्यानमा राख्दै चीनले नेपाललाई ठूलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर मेसिन दिने प्रस्ताव पनि राखेको छ । सो मेसिन विद्युतबाट घरमै चलाएर विरामीलाई अक्सिजन दिन सकिन्छ । त्यसका लागि सिलिण्डर भरिरहन पर्दैन ।

यसै बीच आज चीन सरकारले चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । चीनले नेपाललाई अक्सिजन सिलिण्डर सहितका सामग्री हस्तान्तरण गरेको हो   ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !