३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गोल्छा अर्गनाइजेशनद्वारा पाटन अस्पताललाई आर्थिक सहयाेग

प्रकाशित मिति :  २८ बैशाख २०७८, मंगलवार ०३:३८


काठमाडौं । गोल्छा अर्गनाइजेशनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पताललाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कोभिड–१९ नियन्त्रणका लागि अस्पतालमा अत्यावश्यक स्वास्थ्य उपकरण खरिद गर्न र स्वास्थ्यकर्मीको सहजताका लागि सहयोग उपलब्ध गराएको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिनु भएको छ ।

अध्यक्ष गोल्छाले कोभिड–१९ महामारी नियन्त्रणका लागी सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले सबैलाई आं–आफ्नो स्थानबाट महामारी नियन्त्रणमा भूमिका खेल्न पनि आह्वान गर्नु भएको छ ।

उहाँले लेख्नुभएको छ–‘आशा छ, हामी सबैले आ–आफ्नो स्थानबाट सहकार्य र हातेमालो गरेर यो महामारीबाट छिट्टै पार पाउन सफह हुनेछौं ।’

गोल्छा ग्रुप नेपालको एक सफल व्यापारिक समूह हो  ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !