२७ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कुम्लिकमा शुद्ध पानी अभाव

प्रकाशित मिति :  २९ बैशाख २०७८, बुधबार ०५:१८


सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–१ मा रहेको कुम्लिक सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या भएको छ । स्वास्थ्य एकाइ सञ्चालन भएको सात वर्षभन्दा बढी भइसक्दा पनि खानेपानीको व्यवस्था नहुँदा शुद्ध पिउने पानीबाट कर्मचारी र सेवाग्राही वञ्चित हुनुपरेको छ ।

दैनिकजसो उपचार गर्न आउने बिरामीका लागि र सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीका लागि खानेपानी नभएपछि शुद्ध खानेपानीबाट वञ्चित हुनुपरेको सोही संस्थाका अनमी उषा भण्डारीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘दैनिक आएका बिरामीको घाउ सफा गर्न तथा अन्य कामका लागि पानी चाहिन्छ तर खोलाको पानी ल्याएर प्रयोग गर्नुपरेको छ ।’ कर्मचारीलाई शुद्ध खानेपानी नभएपछि हाल दोजामखोलाबाट आउने धमिलो पानी पिउनुका साथै प्रयोग गर्नुपरेको बताउनुभयो ।

‘स्वास्थ्य संस्थामा पानी ल्याएको भए यतिखेर खोलाको धमिलो पानी खानु पर्दैनथ्यो’, अनमी भण्डारीले भन्नुभयो । स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीलाई समेत खानेपानीको व्यवस्था हुन सकेको छैन ।

उक्त स्वास्थ्य संस्थाका लागि पटक–पटक पानीको व्यवस्थाका लागि सिमकोट गाउँपालिका र प्रदेश सरकारलाई अनुरोध गर्दासमेत सुनुवाइ नभएको बताइएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !