३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा एकैदिन कोभिड–१९ बाट चार हजार भन्दा बढिले ज्यान गुमाए

प्रकाशित मिति :  २९ बैशाख २०७८, बुधबार ०५:२४


काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट चार हजार दुई सय पाँच जनाको ज्यान गएको छ । यो हालसम्मकै सर्वाधिक दैनिक संख्या हो ।

भारतमा देखिएको नयाँ भेरियन्टका कारण यति धेरै संख्यामा ज्यान गएको बताइएको छ । भारतीय नयाँ भेरियन्टलाई लिएर विश्वव्यापी चिन्ता बढेको छ । विश्व स्वास्थ्य संगठनले एक पत्रकार सम्मेलन नै गरेर भारतीय भेरियन्टबारे चिन्ता प्रकट गरेको हो । भारतमा विभिन्न भेरियन्ट फैलिएको पनि संगठनले जनाएको छ । भारतमा विशेषगरी आन्ध्र प्रदेश भेरियन्टलाई अत्यन्तै खतरनाक मानिएको छ ।

भारतमा सबैभन्दा फैलिएको चाहिँ युके भेरियन्ट मानिएको छ ।

भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५४ हजार नाघेको छ भने अस्पतालहरु भरिभराउ भएको छ । कैयन ठाउँमा नदीमा शव फाल्न थालिएको छ । भारतीय अस्पतालहरुले अक्सिजन अभाव अहिले पनि झेलिरहेका छन् । संक्रमण गाउँगाउँ सम्म फैलिएको, जताततै ज्यान गएकाले मृतकको यकिन तथ्याक नआएको बताइएको छ ।

सो अवधीमा तीन लाख ४८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । सोमबार र मगलबार संक्रमण संख्या केही घटेको थियो । मंगलबार तीन लाख २९ हजारमा संक्रमण पुष्टि भएको थियो ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ३७ लाख रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अरु ढेढ महिना संक्रमण र क्षतिको ग्राफ उकालो लागिरहने विभिन्न स्वास्थ्य संस्थाहरुले चेतावनी दिएका छन् ।

-आइएनए न्युज  एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !