२९ मंसिर २०८२, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेका कुनै पनि सांस्दले पदबाट राजीनामा दिन सक्दैनन्- कर्ण थापा

प्रकाशित मिति :  २९ बैशाख २०७८, बुधबार ०६:३६


काठमाडौं । नेकपा एमाले सदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले एमालेका कुनै पनि सांस्दले पदबाट राजीनामा दिन नसक्ने बताउनुभएको छ ।

र्टी समाप्त पार्न कसम खाएकाले मात्र सांसद् पदबाट राजीनामा दिने उहाँले बताउनुभयो । ‘देउवा र प्रचण्डसँग मिलेर माधवकुमार नेपालले पार्टी समाप्त पार्न कसम खानुभएको छ, त्यसैले उहाँहरु सांसद् पदबाट राजीनामा दिने कुरा गर्दै हुनुहुन्छ’ – थापाले भन्नुभयो ।

माधव गुट भित्र केही मान्छे मात्र सांसद् पदबाट राजीनामा दिने र पार्टी फुटको पक्षमा रहेको थापाले बताउनुभयो । राजीनामा गरेर माधव गुटले पार्टी र आफ्नो हत्यागर्न खोजेको उहाँको आरोप छ ।

‘राजीनामा भनेको आत्महत्या हो । यसकारण उहाँहरु प्रति सहानुभूति बाहेक केही व्यक्त गर्न सकिन्न, एमालेमा पार्टी समाप्त पार्न आत्महत्या गर्नेको संख्या चार–पाँच जना मात्र हो’– थापाले भन्नुभयो– ‘माधवकुमार नेपाल, भीम रावल, भलनाथ खनाल लगायतका केहीले मात्र राजीनामा गर्नुहुन्छ, अरु सबै एकताको पक्षमा हुनुहुन्छ ।’

जे गरेर पनि एमाले समाप्त पार्ने भन्ने माधव नेपालले वचन दिईसक्नु  भएको थापाको भनाइ छ । ‘आत्महत्या गरेर भएपनि एमाले समाप्त पार्ने माधव नेपालको योजना पूरा गर्न दिन्नौ’– थापाले भन्नुभयो ।

फ्लोर क्रस गर्नु र राजीनामा दिनु पार्टी विभाजन गर्नु मात्र नभएर जनताको मतको दुरुपयोग गर्नु समेत भएको थापाको धारणा छ । सो गुटले राजीनामा गरेर गए राजनीतिबाट लोप भएर जाने निश्चित भएको उहाँले बताउनुभयो । थापाका अनुसार प्रचण्डलाई खुशी पार्न माधव गुटले हर प्रयास गर्ने देखिएको छ ।

पार्टी भित्रका अधिकांश नेतासँग भने अझै मेलमिलाप गर्न वार्ता भईरहेको थापाले बताउनुभयो । पार्टी एकता कायम राख्न गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भुसाल लगायतसँग वार्ता भईरहेको थापाको भनाइ छ ।

एमाले अहिले पनि एक जुट रहेको उहाँको भनाई छ । ‘माधव नेपालको विभाजनको योजनामा गोकर्ण, योगेश लगायतका नेता हुनुहुन्न, उहाँहरुसँग लगातार वार्ता भईरहेको छ, केही भाईरस बाहेक एमाले अहिलेसम्म पनि एकजुट नै छ’– थापाले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !