३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतमा कोभिड–१९ संक्रमण बढ्दै,  २४ घण्टामा ४ हजार १२० को गयो ज्यान 

प्रकाशित मिति :  ३० बैशाख २०७८, बिहीबार ०५:५०


काठमाडौं । भारतमा कोभिड–१९ संक्रमणदर पुनः उकालो लागेको छ ।

सोमबार  र मंगलबार निकै ओराले लागेको संक्रमणदर बुधबार र बिहीबार पुनः उकालो लागेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ बाट ४ हजार १ सय २० जनाको ज्यान गएको छ । सो अवधिमा ३ लाख ६२ हजार नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोभिड–१९ महामारी नियन्त्रण बाहिर गएपछि विकराल अवस्था सिर्जना भएको छ । कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघि सकेको छ ।

कोभिड महामारीको समिक्षा गर्न बुधबार बसेको बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले अक्सिजनको आपूर्ति पहिलो महामारीमा भन्दा तीन गुणा बढाईएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर त्यहाँका राजधानी दिल्ली लगायत ठूला शहरहरुका अस्पतालहरुमा समेत अक्सिजनको चरम अभाव भईरहेका छन् । अक्सिजनकै अभावका कारण कयौं संक्रमितको ज्यान गएको छ ।

अक्सिजनको उत्पादन र वितरणका लागी बुधबार प्रधानमन्त्री कोषबाट ३ सय २२ करोड भन्दाबढी रकम विनियोजन गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

भारतका ३३ भन्दाबढी राज्य र ९० प्रतिशत भन्दाबढी भूभागमा लकडाउन जारी रहेको छ ।

आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !