२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कारबाही फुकुवा सकारात्मक मान्नुपर्छ- भवानीप्रसाद खापुङ

प्रकाशित मिति :  ३० बैशाख २०७८, बिहीबार ०७:१९


काठमाडौं । ‘स्थायी कमिटीले कारबाही फुकुवा गरेको भन्ने कुरा आयो, यसलाई सकारात्मक मान्नुपर्छ’, तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित नेकपा एमालेका प्रतिनिधि सभा सदस्य भवानीप्रसाद खापुङ भन्नुहुन्छ ।

एमालेको माधव गुटमा खुल्नु भएका सांसद् खापुङले बास्तवमा पार्टी मिलाउने गरी यो निर्णय गरिएको भए स्वागत योग्य भएको बताउनुभयो । ‘अन्तिम घडीमा जालझेल गर्ने गरी आएको भए अलग कुरा हो’, उहाँले भन्नुभयो ।

एमालेलाई एकतावद्ध बनाउन अदालतको फैसला अनुसार पार्टीलाई पहिलेको अवस्थामा फर्काउनु पर्छ भन्ने भए पनि कारबाही फुकुवाले त्यसको लागि बाटो खोल्न सक्ने उहाँको भनाइ छ ।

केही लागेन भने मात्र सांसद् पदबाट राजीनामा दिने कुरा भएको उहाँले बताउनुभयो । ‘त्यस्तै पर्यो भने राजीनामा दिने भन्ने कुरा हो, नेताहरु छलफल मै हुनुहुन्छ, त्यसले के निर्णय गर्छ त्यही अनुसार हुन्छ’, खापुङले भन्नुभयो ।

उहाँले पार्टी एकताको पक्षमा कसैको पनि विमति नभएको बताउनुभयो । तर सबैको आत्मासम्मानको कुरामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !