२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कारबाही फिर्ता लिने निर्णय सकारात्मक- गोकर्ण विष्ट

प्रकाशित मिति :  ३० बैशाख २०७८, बिहीबार ०७:३२


काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले चार नेता माथिको कारबाही फिर्ता लिने निर्णयलाई सकारात्मक भन्नुभएको छ ।

निलम्बन फिर्ताले संवाद र एकताको वातावरण तयार भएको नेता विष्टले बताउनुुभयो ।

‘यो निर्णयबाट संवाद र एकताको वातावरण सकारात्मक दिशामा जाला भन्ने आशा गर्न सकिन्छ, त्यसैले यो एक हदसम्म सकारात्मक छ’, विष्टले भन्नुुभयो, ‘हाम्रो माग भनेको पार्टीको पूरा प्रणाली जेठ २ मा फर्किनु पर्छ भन्ने हो, त्यसको लागि वातावरण तयार भएको छ ।’

आफूहरुको उद्देश्य सामूहिक राजीनामा नभएको नेता विष्टले बताउनुुभयो । ‘सामूहिक राजीनामा हाम्रो माग र उद्देश्य केही पनि होइन, हामी सुदृढ पार्टी चाहन्छौँ’– उहाँले भन्नुुभयो ।

उक्त निर्णयले पार्टीलाई एकढिक्का बनाउन उर्जा दिने विष्टको बुुझाइ छ । ‘यो एकतावद्ध एमालेका लागि भएको एक प्रयास हो, यसलाई सकारात्मक निष्कर्षमा पु¥याउनु पर्छ’, उहाँले भन्नुभयो ।

नेकपा एमाले स्थायी कमिटीको आज बसेको बैठकले पार्टीबाट ६ महिनाको लागि निलम्बन गरेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !