३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सामूहिक राजीनामाबारे छलफल भएकाे छैन- सुरेन्द्र पाण्डे

प्रकाशित मिति :  ३० बैशाख २०७८, बिहीबार ०९:२३


काठमाडौं । ‘सामूहिक राजीनामा भन्दापनि हाम्रो माग भनेको जेठ २ मा फर्किने भन्ने हो’– एमाले नेता पाण्डेले भन्नुुभयो ।

माधव गुटमा पार्टी निर्देशन विपरित गतिविधि गरेको कारण निलम्बनमा पर्नुभएका पाण्डे लगायत चारजना नेतालाई आज मात्रै नेकपा स्थायी कमिटी बैठकले कारबाही फुकुवा गरेको छ ।

पाण्डेले सांसद् पदबाट सामूहिक राजीनामा दिने विषयमा अझै छलफल नचलेको बताउनुभयो । ‘राजीनामाको विषयमा हामीले छलफल गरेका छैनौ’, पाण्डेले भन्नुुभयो, ‘सामूहिक राजीनामा हाम्रो मुद्दा होइन, हाम्रो मुद्दा जेठ २ मा पार्टीलाई फर्काउने भन्ने हो ।’

पार्टी नेतृत्वबाट जेठ २ मा फर्कन सक्ने खालका कुरा आएको पनि नेता पाण्डेले बताउनुभयो । पार्टी पुरानै अवस्थामा नफर्कीएको अवस्थामा मात्र अप्रिय कदम चालिने उहाँले बताउनुुभयो । यदि पुराना अवस्थामा पार्टी फर्काउने सहमति भए सबै समस्या समाधान हुने उहाँको भनाइ छ ।

पार्टी नेतृत्वले तपाईँ प्रति लचकता देखाईरहँदा तपार्इँको सामूहिक राजीनामा हुन्छ र ? भनेर सोधिएको प्रश्नमा नेता पाण्डेले भन्नुुभयो– ‘पण्डितले पहिलो अध्याय पढिरहेको बेला तपाईँ अन्तिम अध्यायमा प्रवेश नगर्नुस् न, हामीले अन्तिम अध्यायको बारेमा सोचेका छैनौँ, राजीनामा अन्तिम अध्याय हो ।’

कारबाही फुकुवा पार्टी एकताको एउटा प्रयास भएको पनि उहाँले बताउनुभयो । ‘यो एकतावद्ध एमालेका लागि भएको एक प्रयास हो, यसलाई सकारात्मक निष्कर्षमा पु¥याउनुपर्छ, त्यसैले यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ’, उहाँले भन्नुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !