३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जसपाको भर नपर्नू-महन्थ

प्रकाशित मिति :  ३० बैशाख २०७८, बिहीबार १०:१८


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनमा जसपाको भर नपर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई पुन ः सुझाव दिनुभएको छ ।

सरकार गठनको विषयमा जसपा तटस्त बस्ने निर्णय भएको ठाकुुरले देउवालाई सन्देश दिनुभएको छ । उहाँले यस अघिको भेटमा पनि देउवालाई भर नपर्न सुझाव दिनुभएको थियो ।

देउवा निवास बुढानिलकण्ठमा बिहीबार देउवा, ठाकुर र राजेन्द्र महतो बीच भेट भएको हो । ठाकुरले कांग्रेस गठबन्धनलाई समर्थन जनाउन नसक्ने निर्णय सुनाउनुभयो । राष्ट्रपतिलाई सरकार गठनको पक्षमा जसपा नरहेको भन्दै यसअघि नै ठाकुरले पत्र पठाईसक्नुु भएको छ ।

ठाकुर पक्षले सुरु देखिनै सरकार गठनमा तटस्थ रहेको भन्दै कांग्रेसलाई भर नपर्न आग्रह गरेका छ । तर, जसपाको उपेन्द्र यादव समूह भने सरकार गठनको पक्षमा रहेको छ । आफू पहिलो अध्यक्ष रहेको भन्दै यादवले गरेको निर्णय मान्य नहुने ठाकुरले राष्ट्रपतिलाई भनिसक्नुु भएको छ ।

जसपाको निर्णयसँगै नर्याँ सरकार गठन गर्न देउवालाई सकस हुने देखिएको छ । राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको समय आज राति नौ बजे सकिँदै छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !