२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाँच बज्यो, माधवका सांसद्ले राजीनामा दिन मानेनन्

प्रकाशित मिति :  ३० बैशाख २०७८, बिहीबार ११:४९


काठमाडौं । पाँच बज्यो, राजीनामा आएन । आज अपरान्ह पाँच बजेसम्म एमालेभित्रको माधवकुमार नेपाल पक्षका सांसद्हरुले राजीनामा दिएनन् ।

माधव खेमाले राजीनामा दिने भन्दै संस्थापन केपी शर्मा ओली पक्षलाई दवाब दिँदै आएको थियो । माधव पक्षका सांसद्ले राजीनामा दिँदा प्रतिनिधि सभामा कायम रहेका कूल सांसद्को संख्या घट्छ । त्यसपछि थोरै संख्याले बहुमत जुटाउन सम्भव हुन्छ भन्ने आकलन गरिएको थियो ।

आज अपरान्ह पाँच बजेसम्म माधव खेमाका सांसद्ले संसद् सचिवालयमा गएर सभामुख अग्निप्रसाद सापकोटा समक्ष राजीनामा नबुझाएपछि राजीनामा टरेको हो ।

स्रोत अनुसार राजीनामा आउनसक्ने सम्भावनालाई ध्यानमा राखेर सभामुख अग्नि सापकोटा माधव खेमाको निरन्तर सम्पर्कमा हुनुहुन्थ्यो । राजीनामा आउनासाथ स्वीकृत गर्ने, त्यसको विवरण तत्कालै निर्वाचन आयोग र राष्ट्रपति विद्यादेवी भण्डारीकोमा पठाउने योजना रहेको थियो । यद्यपी सांसद्ले राजीनामा दिँदा त्यसको जानकारी राष्ट्रपतिकोमा पठाउन पर्दैन, निर्वाचन आयोगमा पठाए पुग्छ । तैपनि सत्ताको खेलमा सजिलो पार्न राष्ट्रपतिलाई राजीनामा दिएको र सांसद् पद रिक्त भएको जानकारी पठाउने तयारी रहेको थियो ।

माधव पक्षका मुख्य केही नेताहरु राजीनामा दिने पक्षमा भए पनि अधिकांश सांसद्हरु राजीनामा दिएर एमालेको सरकार भत्काउने पक्षमा उभिएनन् । बहुमत सांसद्ले राजीनामा दिन नमानेपछि रणनीति परिवर्तन गर्न माधव पक्ष बाध्य भएको हो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !