२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पार्टी भित्रको विवाद अब टुंगन्छ-विशाल भट्टराई

प्रकाशित मिति :  ३१ बैशाख २०७८, शुक्रबार ०९:४१


काठमाडौं । नेकपा एमालेका नेता विशाल भट्राईले पार्टी भित्रको विवाद अब टुंगिने बताउनुभएको छ ।

प्रतिनिधि सभामा एमाले संसदीय दलका मुख्यसचेतक समेत रहनुभएका भट्राईले पार्टी भित्रको समस्या समाधानको लागि नेताहरु एक मत भएको जानकारी दिनुभयो । ‘पार्टी मिलेर अघि बढ्छ, पार्टी मिल्छ, अब दायाँ बायाँ हुँदैन’, उहाँले भन्नुभयो ।

पार्टीको समस्या समाधानको लागि कार्यदल बन्ने र त्यसैले दिएको सुझावको आधारमा अघि बढिने उहाँले जानकारी दिनुभयो । ‘अब एउटा कार्यदल बन्छ, त्यो कार्यदलले देशभरिको संगठन कस्तो बनाउने, कुनचाहीँलाई सदर गर्ने भन्ने अध्ययन गरेर रिपोर्ट दिन्छ र छलफल पछि त्यसलाई अन्तिम रुप दिइन्छ’, भट्टराईले भन्नुभयो ।

कार्यदलको रिपोर्ट आएपछि एक पटक पुन: छलफल र बहसमा जाँदा विवाद जस्तो देखिए पनि छलफलबाटै समस्या समाधान हुने उहाँले प्रष्ट पार्नुभयो । ‘कार्यदलको रिपोर्ट आएपछि एक पटक फेरि वहस हुन्छ, तर वहसबाटै सबै विषय टुंगिन्छ’, उहाँले भन्नुभयो ।

देशको राजनीति अब सामान्य ढंगले अघि बढ्ने भट्टराईको भनाइ छ । आज सरकार गठन भएर केहीदिन पछि विश्वासको मत लिने काम हुने उहाँले बताउनुभयो ।

त्यस पछि संसद्को बजेट अधिवेशन आह्वान हुने उहाँले जानकारी दिनुभयो । कोभिडको कारण वर्षे अधिवेशन भने धेरै लामो चल्न सक्ने अवस्था नदेखिएको उहाँले बताउनुभयो ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !