२४ कार्तिक २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ताप्लेजुङ् जिल्ला अस्पताललाई अक्सिजनका सिलिण्डर सहयाेग

प्रकाशित मिति :  १ जेष्ठ २०७८, शनिबार ०६:०५


 

काठमाडौं । अक्सिजनको अभाव खेपिरहेको ताप्लेजुङ् जिल्ला अस्पताललाई अक्सिजनका सिलिण्डरहरु सहयोग स्वरुप प्राप्त भएका छन् । कोभिडका बिरामीको लागि उपचार गर्न अत्यावश्यक अक्सिजन ग्याँसका सिलिण्डर सहयोग स्वरुप प्राप्त भएका हुन् ।

ताप्लेजुङ्बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य योगेश भट्टराई लगायतको पहलमा ३५ वटा अक्सिजनका सिलिन्डर जुटेका हुन् । बिभिन्न व्यक्तिको सहयोगमा ६५ केजी तौलका ११ थान अक्सिजन सहितको सिलिन्डर आफूले संकलन गरेको सांसद् भट्टराईले बताउनुभयो । त्यस्तै ताप्लेजुङ्  उद्योग बाणिज्य संघ र अन्य सहयोगीबाट २४ थान सिलिण्डर संकलन भएको छ ।

संकलन गरिएका मध्ये आठ थान सिलिण्डर ताप्लेजुङ् अस्पताललाई हस्तान्तरण गरिसकिएको भट्टराईले बताउनुभयो । अन्य सिलिण्डर पनि केही दिनमा नै अस्पतालमा पुग्ने उहाँले जानकारी दिनुभयो ।

कोभिडको दोश्रो लहर सुरु भएपछि ताप्लेजुङ्मा हालसम्म २ सय ४० जना संक्रमित भएका छन् । जिल्लामा हालसम्म चार जनाको निधन भइसकेको छ ।

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !