रामेछापमा एचडीयू बेड स्थापना
काठमाडौं । कोडिभ संक्रमित बिरामीको उपचारको लागि रामेछापमा एचडीयू बेड स्थापना भएको छ ।
जिल्ला अस्पताल रामेछापमा पहिलो पटक पाँच वटा एचडीयू बेड स्थापना गरिएको हो । ती बेड वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।
हालसम्म आईसीयू बेड नभएको जिल्लामा एचडीयू बेडले संक्रमितको उपचारमा केही सहज हुने थापाले बताउनुभयो । एचडीयू बेडमा संक्रमितलाई आइसीयूमा गर्ने सरहको उपचार गर्न सकिने उहाँले बताउनुभयो ।
जिल्ला अस्पताल रामेछापको कोभिड उपचार अस्पतालमा पाँच एचडीयू बेड सहित १५ वेड तयार भएको छ । अझै पाँचवटा बेड थप्ने विषयमा छलफल भइरहेको थापाले बताउनुभयो । ‘प्राविधक रुपले त्यो सम्भव हुन्छ कि हुँदैन भनेर हामी सल्लाह गर्दै छौँ’, थापाले भन्नुभयो ।
रामेछाप जिल्ला भित्र आइसीयू तथा भेण्टिलेटर उपलब्ध छैन । त्यसैले संक्रमितको उपचारमा निक्कै समस्या परेको छ ।
-आइएनए न्युज एजेन्सी