अक्सिजन सिलिन्डर ल्याउन वाइडबडी ओमान गयाे
प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार ०९:४४
काठमाडौं । अक्सिजन सिलिन्डर ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ओमान गएको छ ।
शनिबार नेपाल एयरलाइन्सको विमान ५६० थान अक्सिजन ल्यान पहिलोपटक ओमान गएको हो । जहाज साँझ करिब साढे ६ बजे आइपुग्ने नेपाल वायुसेवा निगमले् जनाएको छ ।
सिलिन्डर गैरआवसिय नेपाली संघ र ओमानको मस्कटस्थित नेपाली दूतावसले सहयोग गरेको हो । सिलिन्डर अल हप्सी कम्पनीसँग ६३ हजार ७ सय डलरमा खरिद गरिएको जनाइएको छ । चार्टर गरिएको बिमानको खर्च सरकारले व्योहोर्ने बताइएको छ ।
-आइएनए न्युज एजेन्सी
0
Shares