३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालमा सहयोगको खाँचो छ- डब्लुएचओ

प्रकाशित मिति :  १ जेष्ठ २०७८, शनिबार १६:१७


काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल लगायतका देशलाई अहिले सहयोगको खाँचो रहेको बताएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रस अडानोम गब्रियससले अहिले इण्डिया मात्र होइन नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, इजिप्ट लगायतका मुलकलाई सहयोगको आवश्यकता रहेको बताउनुभयो । कोभिडसँग जुध्नका लागि ती देशलाई सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

‘ती देशमा कोभिड र अस्पतालमा भर्ना हुनेको संख्या तिब्र गतिमा बढेको छ’, कोभिड–१९ को मिडिया ब्रिफिङमा बोल्दै गब्रियससले भन्नुभयो ।

अहिले भ्याक्सिन आपूर्ति एक प्रमुख चुनौती बनेको उहाँले बताउनुभएको छ । वर्तमानमा, खोप आपूर्तिको केवल ०.३ प्रतिशत मात्र कम आय भएका देशहरूमा गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । तर यस हप्ता उत्पादकहरूले यी केही मुद्दालाई सम्बोधन गर्ने काम गरेको देखेर खुसी लागेको उहाँले बताउनुभयो ।

 

-आइएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !