३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर प्राप्त

प्रकाशित मिति :  १ जेष्ठ २०७८, शनिबार १६:३४


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा  सहयोगस्वरुप प्राप्त सिलिण्डर  निगमको वाइड बडी ए ३३० जहाजले साँझ काठमाडौँ ल्याएको हो । अक्सिजन सिलिण्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो ।

यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज राति ११ बजे त्यसतर्फ जाने बताइएको छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !