३० फाल्गुन २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संक्रमित बिरामीलाई निःशुल्क खाना

प्रकाशित मिति :  16 May, 2021 12:59 pm


काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोभिड संक्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोभिड संक्रमण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनको सक्रियतामा कोभिड संक्रमितलाई निःशुल्क खाना खुवाइएको हो ।

विपद्को समयमा कोभिड संक्रमित भएर अस्पताल बसेका बिरामीलाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले विगत चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा रहेका बिरामीलाई खानाको व्यवस्था गरिएको कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।

यस्तै सोही संस्थाको सहयोगमा नुवाकोटको त्रिशूली अस्पतालमा उपचार गराइरहेका कोभिड संक्रमित बिरामीलाई आजदेखि निःशुल्क खानाको व्यवस्था गरिएको छ ।

सभापति केसीले सम्बन्धित अस्पतालका चमेनागृहले कोभिड संक्रमित बिरामीलाई खाना खुवाउने र खाना खुवाउँदा लाग्ने आवश्यक खर्च नुवाकोट कांग्रेस, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनले व्यहोर्ने बताउनुभयो ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !