२७ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नवलपरासी घटनाको छानविन गर्न समिति गठन

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १७:१५


काठमाडौं । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको ज्यान गएको घटनाको छानविन गर्न सरकारले समिति गठन गरेका छ ।

बुधबार दिउँसो भएको सो घटनाको छानविन गर्न गृहमन्त्रालयले ‘छानविन समिति’ गठन गरेको हो । घटना भए लगत्तै गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा ५ सदस्सीय छानविन समिति गठन गर्नुभएको छ । समितिले घटनाको छानविन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ ।

छानविन समितिका अन्य सदस्यमा सशस्त्र प्रहरीका डिआईजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुधन लुइटेल, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त शर्मा, गृहमन्त्रालयका उपसचिव माधव प्रसाद पोखरेल रहनुभएको छ ।

बुधबार दिउँसो हुल बाँधेर भारत तर्फ जान खोज्दा स्थानीय र प्रहरी बीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभरको ज्यान गएको थियो । सशस्त्र प्रहरी टोलीले आफूहरु माथि हुल बाँधेर ढुँगा मुढा गरेपछि गोली चलाएको जनाएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !