२७ पुष २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोभिड संक्रमितलाई यसरी पनि सहयोग गर्न सकिन्छ

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १७:३२


रामेछाप । अहिले देश भर कोभिड संक्रमण फैलिएको छ । सहरमा मात्र होइन गाउँ गाउँमा मानिस संक्रमित भएका छन् ।

अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । बन्द कोठामा दिनभरि बस्ने कुरा त्यति सहज छैन । तर संक्रमित बाहिर निस्कने अवस्था पनि छैन । किनकि उहाँहरु बाहिर निस्कँदा परिवारका सदस्य र गाउँमा मानिसलाई कोभिड सर्ने खतरा त्यतिकै छ ।

कोठा भित्र पट्यारलाग्दो दिन काटिरहेका कोभिड संक्रमितको लागि मन्थली नरपालिका–८ चिसापानीको नेकपा एमालेले कोसेली भेट अभियान सुरु गरेको छ । यसको लागि एमालेले वडाअध्यक्ष राजकुमार श्रेष्ठलाई कोसेली भेटको पोको हस्तान्तरण गरेको छ ।

कोभिड संक्रमण भई होम आइसोलेसनमा बसेकालाई पानी तताउने इलेक्ट्रिक जग, ५ सय ग्रामको च्यवनप्रास, विभिन्न किसिमका मसलाको प्याकेट तयार गरी हस्तान्तरण गरिएको गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

हाल संक्रमण देखिएका ३९ जनाको लागि नेकपा एमाले रामेछापका सचिवालय सदस्य लव श्रेष्ठ, जिल्ला कमिटी सदस्य गोपाल  श्रेष्ठ लगायतको उपस्थितिमा वडाध्यक्ष राजकुमार श्रेष्ठलाई पार्टीको तर्फबाट ती सामाग्री हस्तान्तरण गरिएको हो । अन्य संक्रमित थपिए उहाँहरुलाई पनि ती सामाग्री उपलब्ध गराउने सो पार्टीले जनाएको छ । उपलब्ध गराइएका सामाग्री वडा कार्यालय मार्फत संक्रमितका परिवारलाई हस्तान्तरण गरिएको छ ।

सो वडामा एमालेबाट निर्वाचित वडा सदस्य कुमार ढुंगेलले आफ्नो निजी जिप वडाका बिरामी बोक्ने प्रयोजनका लागि स्वास्थ्य चौकीलाई प्रदान गर्नुभएको छ । गाडीको चालकदेखि लाग्ने सबै खर्च ढुंगेल आफैले ब्यहोर्दै आउनुभएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !