२३ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभा उपचुनाव आज

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार ०३:१४


काठमाडाैं । वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि आज उपचुनाव हुँदैछ ।

वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपचुनाव हुन लागेको हो । हेटौंडा उपमहानगरपालिकामा बिहान ९ देखि दिउँसाे ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा मतदान केन्द्र ताेकिएकाे छ ।

उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटाले उम्मेदवारी दिनुभएको छ । नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङले पनि उम्मेदवारी दिनुभएकाे छ ।

माओवादीबाट निर्वाचित राष्ट्रिय सभा सदस्य बादललाई दल त्यागको अभियोगमा पार्टीले कारबाही गरेपछि वाग्मतीमा साे पद रिक्त भएकाे थियाे । पद रिक्त भएपछि उपचुनाव हुन लागेको हो ।

उपचुनावमा वाग्मती प्रदेश सभा सदस्य १ सय १० र वाग्मती प्रदेश अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय ३८ गरी कुल ३ सय ४८ मतदाता छन् ।

मतदान सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने बताइएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !