२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभा सदस्य उपचुनाव : विवेकशील साझाले भोट नहाल्ने

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार ०४:१६


काठमाडाैं । राष्ट्रिय सभा सदस्य उपचुनावमा विवेकशील साझा पार्टीले कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने भएको छ ।

वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । वाग्मतीमा अन्यतर्फ रिक्त एक पदमा आज हुने उपचुनावमा कुनैपनि उम्मेदवारलाई भाेट नहाल्ने विवेकशील साझाले विज्ञप्ति निकालेर जानकारी दिएकाे हाे । वाग्मतीमा विवेकशीलका तीन जना प्रदेश सभा सदस्य छन् ।

उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङ उम्मेदवार हुनुहुन्छ ।

तीनै जना उम्मेदवारबाट राष्ट्रिय सभामा आफूहरुले अपेक्षा गरेको भूमिका निर्वाह हुन्छ भन्नेमा आश्वस्त हुन नसकेकाले मतदान नगर्ने निर्णय भएको विवेकशील वाग्मती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले जारी गर्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

मतपत्रमा ‘नो भोट’ को विकल्प तत्काल लागू गर्न सरकार तथा निर्वाचन आयोगसँग माग गर्ने निर्णय भएको  विवेकशीलले जनाएकाे छ ।सर्वोच्च अदालतले ०७० पुस २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो ।

‘सात वर्ष भन्दा बढी भइसक्दा पनि आदेशको कार्यान्वयनमा सरकार र निर्वाचन आयोग उदासिन रहनु र राष्ट्रिय सभाको चुनावसम्म आइपुग्दा पनि मतपत्रमा ‘माथिका कुनै पनि उम्मेदवार होइन’ अर्थात् नो भोटको विकल्प सामेल नगरिनु खेदजनक छ’- विज्ञप्तिमा लेखिएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !