३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभा उपनिर्वाचनको लागि हेटौँडामा मतदान सुरु

प्रकाशित मिति :  ६ जेष्ठ २०७८, बिहीबार ०५:०४


काठमाडौ‌ं। वाग्मतीबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यको लागि हेटौँडामा मतदान सुरु भएको छ ।

वाग्मती प्रदेश सभा सदस्य तथा वाग्मती प्रदेश भित्रका नगरपालिका प्रमुख उपप्रमुख र गाउँपालिका अध्यक्ष उपाध्यक्षले निर्वाचनमा मतदान गर्दै हुनुहुन्छ । हेटौँडाको भुटनदेवी माविमा सुरु भएको जारी मतदान अपरान्ह तीन बजेसम्म चल्ने छ ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० र वाग्मती प्रदेशअन्तर्गतका नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २ सय ३८ गरी ३ सय ४८  मतदाता छन् ।

निर्वाचनमा नेकपा एमालेको तर्फबाट रामबहादुर थापा बादल उम्मेदवार बन्नुभएको छ । त्यस्तै कांग्रेस माओवादी लगायतको गठबन्धनले खिमलाल देवकोटालाई स्वतन्त्र उम्मेदवार बनाएका छन् । नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङ उम्मेदवार हुनुहुन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !