एमाले स्थायी कमिटी बैठक आज
प्रकाशित मिति : 20 May, 2021 5:28 am
काठमाडौं । नेकपा एमालेकाे स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसाे २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सनराइज खबरलाई जानकारी दिनुभयो ।
बैठकमा एमाले वार्ता टोलीको छलफलको प्रगति, वाग्मती प्रदेशमा भइरहेको राष्ट्रिय सभा उपचुनावको मतदानको समीक्षा, काेभिड राेकथाम लगायत समसामयिक विषयमा छलफल हुने उहाँले बताउनुभयाे ।
0
Shares












