२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विपक्षी गठबन्धनको बैठकले कुनै निर्णय गर्न सकेन

प्रकाशित मिति :  ७ जेष्ठ २०७८, शुक्रबार ०७:३२


काठमाडौं । विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको विपक्षी गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको दावी पेश गर्न गरेको आह्वानलाई असफल गराउने रणनीति बनाउन बसेको बैठक कुनै निर्णयमा पुग्न सकेन । राष्ट्रपतिले आज साँझ ५ बजेसम्म सरकार गठनको लागि दावी पेश गर्न प्रतिनिधि सभा सदस्यलाई आह्वान गर्नुभएको छ ।

बैठकमा कांग्रेस सभापति देउवा लगायतका नेताका साथै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायतका नेता हुनुहन्थ्यो ।

त्यस्तै एमालेको माधव गुटका माधवकुमार नेपाल, भीम रावल लगायतका नेता बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकमा जनता समाजवादी पार्टी (जसपा) का नेताहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई र रेणु यादव समेत  सहभागी हुनुभएको थियो ।

बैठकस्थलबाट निस्कने क्रममा नेताहरुले छलफल जारी रहेको प्रतिक्रिया दिएका छन् । आआफ्ना दलमा छलफल गरेर दिउँसो तीन बजे फेरि गठबन्धनको बैठक सिंहदरबारमा बस्ने भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !