३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मैले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन-जयकुमार राई

प्रकाशित मिति :  ७ जेष्ठ २०७८, शुक्रबार १२:००


काठमाडाैं ।  माधव गुटका सांसद् जयकुमार राईले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताउनु भएकाे छ ।

सुनसरी क्षेत्र नम्बर-१ बाट निर्वाचित सांसद् राईले नयाँ सरकार गठनका लागि कहीँकतै हस्ताक्षर नगरेकाे प्रष्ट पार्नुभएकाे हाे । अन्य प्रयाेजनका लागि गरिएकाे आफ्नाे हस्ताक्षरकाे दुरुपयाेग भएकाे राईकाे भनाइ छ । आफू एमाले विभाजनमा कुनै पनि हस्ताक्षरमा सहभागी नभएको राईले बताउनुभयाे ।

राईले यसकाे जानकारी राष्ट्रपति कार्यालयलाई समेत गराउनुभएकाे छ ।

पहिला पनि र अहिलेपनि आफू एमाले एकताकै पक्षमा रहेकाे राईले सामाजिक सञ्जाल फेसबुकमा समेत लेख्नुभएकाे छ । आफूले कतै हस्ताक्षर नगरेकाे जानकारी उहाँले पार्टीका नेता कार्यकर्तालाई गराउनुभएकाे छ ।

‘सुनसरी क्षेत्र नं १ बाट सुर्य चिन्ह लिएर निर्बाचित संसद म जय कुमार राई नेकपा एमाले बिभाजनको पक्षमा छैन । भन्ने कुरा धेरै अगाडि देखि मेरो धारणा सार्वजानिक गर्दै आएको छु । आज फेरि नयाँ सरकार गठन गर्न भनी हस्तक्षर संकलन भैरहेको जानकारीमा आएको हुँदा म फेरि पनि पार्टी विभाजनको पक्षमा म छ‌ैन । र काहीँ कतै यो प्रोजनको लागि हस्ताक्षर नगरेको कुरा सबै पार्टी नेता तथा कार्यकर्ताहरुलाई जानकारी गराउन चाहान्छु’- राईले लेख्नुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !