२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हस्ताक्षर दुरुपयोग काण्डले फुट्यो माधव गुट

प्रकाशित मिति :  ७ जेष्ठ २०७८, शुक्रबार १३:०२


काठमाडौं । सुरेन्द्र पाण्डे, योगेश भट्टराई र घनश्याम भुषालमा धेरैको ध्यान केन्द्रीत छ । उहाँहरुले आज सार्वजनिक रुपमा बोल्नु लेख्नुभएको छैन । तर, दुवैजना एमाले सरकार नढाल्ने पक्षमा उभिनुभएको छ ।

एमालेका सांसद्हरु गणेश पहाडी, जयकुमार राई, गोकर्ण विष्ट लगायतले पनि आफ्नो पार्टीको सरकारलाई समर्थन गर्नुभएको छ ।

योगेश र घनश्यामले आफू निकटहरुलाई पार्टीको सरकार गिराएर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने पक्षमा आफू नरहेको बताइरहनुभएको छ ।

उहाँहरुको यो निर्णयसँग माधवकुमार नेपालको नेतृत्वमा रहेको गुटको अस्तित्व नै संकटमा परेको छ ।

माधव नेपालले आफ्नो पक्षमा रहेका सांसद् भन्दै २७ सांसद्को हस्ताक्षर कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाउनुभएको थियो । देउवाले सो हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदै आफूसँग बहुमत भएको दावी गर्नुभएको छ ।

अन्य सांसद्हरुले पनि आफ्नो हस्ताक्षर माधव नेपालले दुरुपयोग गर्नुभएको आरोप लगाइरहेका छन् ।

हस्ताक्षर दुरुपयोग प्रकरणसँगै माधव नेपाल गुट विभाजित भएको छ । विगतमा यो गुटको आकार निकै ठूलो थियो । क्रमश खिइँदै गएर गुटको अस्तित्व नै समाप्त हुने अवस्था आएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !