सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने
काठमाडाैं । सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने व्यवस्थासहित काेभिडसम्बन्धी अध्यादेश ल्याएको छ ।
मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएकाे थियाे । काेभिड संक्रमणका कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परे वा पर्न सक्ने देखिए नेपाल राजपत्रमा सूचना निकालेर स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने प्रावधान साे अध्यादेशमा राखिएको छ ।
स्वास्थ्य आपतकाल घोषणा भएमा स्वास्थ्य संस्थालाई संक्रमितको निदान र उपचारमा खटाउने तथा आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिइ सञ्चालन गर्न सकिने छ । जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई जरिवाना लिनसक्ने प्रावधान पनि अध्यादेशमा राखिएकाे छ ।
काेभिड-१९ युनिफाइड केन्द्रिय अस्पताल सञ्चालन गर्न सक्ने प्रावधान समेत अध्यादेशमा राखिएकाे छ ।
हेर्नुस् अध्यादेशकाे पूर्णपाठ: