२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपतिको निर्णय : ओली र देउवा दुवैको दाबी पुगेन

प्रकाशित मिति :  ८ जेष्ठ २०७८, शनिबार ०१:५९


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि पेस गर्नुभएकाे दाबी अपूर्ण ठहर भएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि ओली र देउवा दुवैले पेस सरेको दाबी नपुगेको ठहर गर्नुभएकाे हाे । राष्ट्रपतिको कार्यालयले शुक्रबार राति विज्ञप्ति निकालेर साे जानकारी दिएकाे हाे ।  दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय राष्ट्रपतिले लिनुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

ओली र देउवाले शुक्रबार ५ बजेभित्र नयाँ सरकार गठनका लागि आफूसँग बहुमत भएको दावीसाथ राष्ट्रपति समक्ष निवेदन दिनुभएको थियो । तर राष्ट्रपतिले दुवै जनाको दावी अनुसार बहुमत नदेखिएको ठहर गर्नुभएकाे हाे ।

प्रधानमन्त्रीमा दाबी गरेका दुवै जनाको समर्थनमा उभिएका सांसद्हरु दोहोरो परेको, दलको निर्णयविपरित एकले अर्कोलाई समर्थन गरेको समेत देखिएकाले संविधानत: प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेकाे विज्ञप्तिमा उल्लेख छ ।

‘दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एक अर्कामा दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुन सक्ने, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिंदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन’- विज्ञप्तिमा लेखिएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !