२८ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिशोध र बदला हाेइन संवाद गरौँ – योगेश भट्टराई

प्रकाशित मिति :  ९ जेष्ठ २०७८, आईतवार ०७:५६


काठमाडाैं । माधव गुटका नेता याेगेश भट्टराईले पार्टीमा कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तव्यमा नपुर्‍याउने बताउनुभएकाे छ ।

प्रतिनिधि सभा विघटन विरुद्ध गुटका सांसद्हरु सर्वाेच्च अदालत जान लागिरहेका बेला र नयाँ दल खाेल्ने चर्चा भइरहेका बेला याेगेशकाे यस्ताे भनाइ सार्वजनिक भएकाे हाे ।पार्टी विभाजनमा रोकी संवादमा जोड दिन पनि याेगेशले आग्रह गर्नुभएको छ ।

एमालेको राजनीतिलाई सही दिशा दिनका लागि धैर्य र संवाद गर्न पनि उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आग्रह गर्नुभएकाे छ । ‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्याएको छैन् र पुर्‍याउँदैन पनि, पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो, सबैले आफ्नो विगतलाई हेरौँ, धैर्य गरौ, संवाद गराैं’ – याेगेशले लेख्नुभएकाे छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै माधव गुटका सांसद्हरुले हस्ताक्षर गरेका थिए । तर याेगेशले आफू एमाले एकताकै पक्षमा रहेकाे भन्दै हस्ताक्षर गर्नुभएन । हस्ताक्षर गरेमामध्ये माधव नेपालसहित ११ सांसद्लाई एमालेले स्पष्टिकरण साेध्ने निर्णय गरिसकेकाे छ ।

नयाँ सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली र शेरबहादुर दुबैकाे दाबी नपुगेपछि मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावकाे मिति घाेषणा गर्नुभएकाे छ । त्यसकाे विराेधमा कांग्रेस र माओवादीसँगै माधव गुटका सांसद् अदालत जाने भन्दै हस्ताक्षर अभियानमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार बनाउन सहयोग गर्नुको सट्टा विपक्षी गठबन्धनसँग मिलेर माधव गुटका सांसद् अदालत जान थालेपछि याेगेशले संवादका लागि आग्रह गर्नुभएकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !