सोनामले गर्नुभयो बाबुसँगै सगरमाथाको सफल आरोहण
काठमाडाैं । हिमाल आरोही पिके शेर्पाले आफ्नो १६ वर्षीय छोरासँगै सगरमाथाको सफल आरोहण गर्नुभएकाे छ ।
पिके शेर्पा र उहाँका १६ वर्षीय छाेरा साेनाम शेर्पा सगरमाथाको शिखरमा पुग्नुभएको हाे । हिउँ जोगाउन आह्वान गर्दै उहाँहरु सगरमाथाको शिखरमा पुग्नुभएको हाे । ताप्लेजुङकाे साँघुका पिकेले हिमाल सरसफाइ तथा हिउँ जोगाउने अभियान चलाइरहनुभएको छ । बुवाकाे साे अभियानमा सोनामले पनि साथ दिनुभएकाे छ ।
शेर्पा बाबुछोराले सफल आरोहण गरेको भन्दै माधव गुटका नेता योगेश भट्टराईले समाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिनुभएकाे छ ।
गत वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि याे वर्षको बसन्त ऋतुको आरोहण सुरु भएको थियाे । तर माैसमका कारण केही दिन आराेहण राेकिएकाे थियाे । वैशाख २८ र २९ गते गरी एक सय ५० बढी आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम अनुकूल नभएपछि रोकिएको आरोहण आजबाट फेरि सुरु भएको हो ।
पर्यटन विभागका अनुसार आज एक सय बढी आरोही सगरमाथाको शिखरमा पुगेका छन् । काेही जाने क्रममै छन् ।