२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आफूलाई प्रजातन्त्रिक भन्ने कांग्रेस पनि प्रचण्डपथमा लाग्याे -प्रम ओली

प्रकाशित मिति :  ९ जेष्ठ २०७८, आईतवार ०९:२७


.

काठमाडाैं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीकाे भनाइ छ – ‘कांग्रेसले पनि प्रचण्डपथ अंगिकार गर्न खोज्दै छ ।’

बालुवाटारमा आयाेजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले साे कुरा बताउनुभएकाे हाे । उत्तेजना र आवेशमा आएर कांग्रेस प्रचण्डपथमा लागेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘आफूलाई प्रजातन्त्रिक भन्ने कांग्रेसले समेत प्रचण्डपथ अंगिकार गर्न खाेज्याे, कब्जाकाे बाटाे राेज्ने, सरकार चलाउन नदिने र काम गर्न नदिने गाली गलाैज गर्ने शैली अपनायाे ।’

कांग्रेसका केही नेताले केपी ओलीले गराउने चुनावमा भाग नलिने बताएकाेमा उहाँले असन्तुष्टि जनाउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे – ‘केपी ओलीले गरेकाे चुनावमा भाग नलिए कसले गरेकाे चुनावमा भाग लिने ? चुनावमा नजाने कुन डेमक्रेसी र कुन लाकतान्त्रिक आचरण र अभ्यासमा पर्छ ?’ आवेश र उत्तेजनाकाे राजनीति नगर्न पनि उहाँले आग्रह गर्नुभयाे ।

हिंसाबाट सत्ता कब्जा गर्न नसकेको माओवादी केन्द्रले लोकतन्त्रलाई तहस नहस पार्न खोजेको बताउँदै उहाँले भन्नुभयाे – ‘हिंसालाई निरन्तरता दिन नसकेपछि शान्तिपूर्ण बाटोमा आए, हिंसाको बाटोबाट सत्ता कब्जा नभएपछि, ट्याक्टिकल मुभ (रणनीतिक चाल) बाट शान्तिपूर्ण ढंगले लोकतान्त्रिक बाटोमा आउने नीति लिएका हुन्, लोकतन्त्रलाई सिध्याउन लागिरहेका छन् ।

संवैधानिक बाटोबाट नसकेपछि बलजफती सत्ता कब्जा गर्ने र तानाशाही रुपमा सत्ता चलाउने योजना असफल भएपछि लोकतन्त्रमा आएपनि विवाद सिर्जना गरेर लोकतन्त्र नै खतरामा पार्ने काम माओवादीले गरेकाे उहाँकाे ठहर छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !