२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सही भए एकले हालेपनि धेरैले हालेपनि पाउने न्याय एउटै हुन्छ-प्रम ओली

प्रकाशित मिति :  ९ जेष्ठ २०७८, आईतवार ११:०७


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले  न्यायलाई प्रभावित पार्न मोर्चा कस्नुको कुनै अर्थ नभएकाे बताउनु भएकाे छ ।

आइतबार बालुवाटारमा आयोजित पत्रकारहरुसँगकाे अन्तरक्रियामा प्रधानमन्त्री ओलीले माेर्चाबन्दी कस्दैमा सच्चाइ नबदलिने बताउनुभयाे । सही भए एकले हालेपनि धेरैले हालेपनि पाउने न्याय एउटै हुने उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘अब मोर्चा कसेर मुद्दा हाल्ने रे, एक जनाले मुद्दा हाले पनि त्यही हो, धेरैले मुद्दा हाले पनि सच्चाइ, सच्चाइ नै हो, न्यायलाई प्रभावित पार्न मोर्चा कस्नुको कुनै अर्थ हुँदैन, न्यायलाई त्यसरी प्रभावित पार्न खोज्नु हुँदैन ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !