२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विपक्षी गठबन्धनको रिटमा १४६ सांसद्को हस्ताक्षर, माधव गुटकाे संख्या घट्याे

प्रकाशित मिति :  १० जेष्ठ २०७८, सोमबार ०८:२६


sf7df8f}F * ,h]7 M g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf,g]skf Pdfn]sf jl/i7 g]tf dfwjs’df/ g]kfn, g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn k|r08, h;kf g]tf 8f afa’/fd e66/fO{nufot afg]Zj/df a;]sf] ljkIfL bnx?sf] a}7sdf ;xefuL . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । संविधानको धारा ७६ (५) बमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री  नियुक्त गर्न आदेश माग गर्दै विपक्षी गठबन्धनले  रिट दायर गर्दै छ ।

सर्वाेच्च अदालतमा रिट दायर गर्न जानुअघि गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । कांग्रेस संसदीय दलकाे कार्यालयमा अहिले गठबन्धनका नेताहरुकाे बैठक बसिरहेकाे छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव गुटका माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव लगायत सहभागी हुनुहुन्छ ।

प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनावमा जाने सरकारको निर्णय विरुद्ध कांग्रेस, माओवादी, राष्ट्रिय जनमाेर्चा तथा एमालेकाे माधव गुट र जसपाकाे उपेन्द्र गुट सर्वाेच्च जान लागेका हुन् ।

रिटमा विघटित प्रतिनिधि सभाका १४६ जना सांसद्को हस्ताक्षर भएको नेताहरुकाे दाबी छ । यसअघि १ सय ४९ जनाको नाम राष्ट्रपति विद्यादेवी भण्डारी  समक्ष पठाइएको थियो ।

जसमा माधव गुटका २६ जना सांसद्काे पनि हस्ताक्षर भएकाे दाबी गरिएकाे थियाे । साे गुटका सांसद् विरोध खतिवडाका अनुसार आज भने २३ सांसद्काे हस्ताक्षर छ । रिट दायर गर्ने अन्तिम समयमा एमालेका गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर नगरेपछि माधव गुटकाे संख्या २३ मा झरेकाे छ ।

रिटमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाकाे उपेन्द्र गुटका १२ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद्को हस्ताक्षर रहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !