२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपा एमाले पार्टीबाट माधव नेपाल र झलनाथ खनाल सहित ११ जना नेता निष्कासित

प्रकाशित मिति :  १० जेष्ठ २०७८, सोमबार १४:००


काठमाडौं । नेकपा एमाले पार्टीबाट माधव नेपाल र झलनाथ खनाल सहित ११ जना नेता निष्कासित भएका छन् ।

नेपाल र खनाल सहित विघठित प्रतिनिधि सभाका ११ जना सदस्यलाई पार्टीको साधारण सदस्यताबाटै निष्कासित गर्ने एमालेले निर्णय गरेको हो । आज बसेको पार्टी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको छ ।

निष्कासनमा पर्नेमा नेपाल, खनाल र भीम रावल विघठित प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन जितेका विघठित प्रतिनिधि सभा सदस्य हुन् । बाँकी सबै समानुपातिक कोटाबाट विघठित प्रतिनिधि सभा सदस्य बनेका छन् ।

कारबाहीमा पर्नेमा मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कलिला खातुन, सरला यादव, निरादेवी जैरु, लक्ष्मी चौधरी, कल्याणी खड्का र पुष्पा कर्ण कायस्थ रहनुभएको छ । यसैगरी अन्य १२ जनालाई पनि स्पष्टिकरण सोधिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेलाई एमालेले स्पष्टिकरण सोधेको हो । एमालेका २३ जना सांसद्ले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए ।

बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिन निर्णय पनि गरेको छ । सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !