१६ चैत्र २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपा एमालेले साेध्याे माधव गुटका थप १२ सांसद्लाई स्पष्टिकरण

प्रकाशित मिति :  24 May, 2021 2:31 pm


.

काठमाडौं । नेकपा एमालेले माधव गुटका थप १२ सांसद्लाई स्पष्टिकरण साेधेकाे छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुर्नस्थापको माग गर्दै सर्वाेच्चमा दर्ता भएकाे रिटमा हस्ताक्षर गर्ने १२ सांसद्लाई एमालेले स्पष्टिकरण सोधेकाे हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेकाे एमाले स्थायी कमिटीकाे बैठकले देउवालाई प्रधानमन्त्री बनाउन र केपी शर्मा ओली नेतृत्वकाे सरकार ढाल्न हस्ताक्षर गर्ने माधव गुटका थप १२ जना सांसद्लाई स्पष्टिकरण साेध्ने निर्णय गरेकाे हाे । उहाँहरुलाई २४ घण्टाकाे समय दिइएकाे छ ।

बैठकले विरोध खतिवडा, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, झपट रावल, कृष्णलाल महर्जन, भवानीप्रसाद खापङु, सुरेन्द्र पाण्डे, मेटमणी चौधरी, यज्ञराज सुनुवार, दिपकप्रकाश भट्ट, नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे ।

स्थायी कमिटी बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसद्लाई पार्टीकाे साधारण सदस्य समेत नरहनेगरी निष्कासित गर्ने निर्णय पनि गरेकाे छ ।निष्कासित भएका ११ र स्पष्टिकरण साेधिएका १२ गरेर माधव गुटका २३ जना सांसद्ले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !