काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपियाे
काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएकाे छ ।
काेभिड-१९ राेकथाम तथा नियन्त्रणका लागि फेरि एक साता निषेधाज्ञा थपिएकाे हाे । उपत्यकाका तीन जिल्ला काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे मंगलबार बसेकाे बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेकाे हाे ।
बैठकले निषेधाज्ञा थप कडा बनाउने निर्णय गरेकाे काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयाे । निषेधाज्ञा अवधिमा खाद्यान्न र तरकारी पसल समेत पूर्ण रुपमा बन्द गरिने उहाँले बताउनुभयाे । अपेक्षा गरिएअनुसार संक्रमणदर नघटेकाले खाद्यान्न र तरकारी पसल पनि बन्द गर्ने निर्णय भएकाे उहाँले जानकारी दिनुभयाे ।
काेभिड-१९ सम्बन्धी अध्यादेशमा समेटिएका प्रावधान अनुसार निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई कडा कारबाही हुनेछ । निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई जरिवाना तिराइने छ ।