२८ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भोलिदेखि खाद्यान्न चाहिए यी नम्बरमा फाेन गर्नुस्,घरमै आइपुग्छ

प्रकाशित मिति :  १३ जेष्ठ २०७८, बिहीबार १३:३१


काठमाडौं । काठमाडाैंमा शुक्रबारदेखि निषेधाज्ञामा थप कडाइ गर्दैछ ।

भाेलिदेखि जेठ २० गतेसम्म काठमाडाैं उपत्यकामा किराना पसल र डिपार्टमेन्टहरु पूर्ण रुपमा बन्द हुँदै छन् । साे अवधिमा खाद्यान्न अभाव भए स्थानीयस्तरमै खाद्यान्न खरिद-बिक्री गर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाे समन्वयमा साे व्यवस्था गरिएकाे जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेर जानकारी दिएकाे हाे ।

खाद्यान्न पसल बन्द हुने भएपछि खाद्य व्यवस्थार साल्ट ट्रेडिङले काठमाडौंमा घरमै खाद्यान्न पुर्‍याउने व्यवस्था गरेकाे हाे । काठमाडाैं उपत्यकामा बस्ने उपभोक्तालाई खाद्यान्न अभाव भए ती निकायको नम्बरमा गरेपछि घरमै खाद्यान्न पुर्‍याइनेछ । मोबाइल गाडीमार्फत स्थानीय तहको समन्वयमा स्थानीयस्तरमै खाद्यान्न पुर्‍याइने सूचनामा उल्लेख छ ।

प्रशासनले खाद्यान्न चाहिए सम्पर्क गर्न आवश्यक नम्बरहरु पनि सूचनामा उल्लेख गरेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !