२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आर्थिक बृद्धिमा चुनाैती बन्याे काेभिड (आर्थिक सर्वेक्षणकाे सारांश )

प्रकाशित मिति :  १४ जेष्ठ २०७८, शुक्रबार १०:४९


काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेकाे छ ।

बिहीबार अर्थ मन्त्रालयमा आयाेजित एक समाराेहबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएकाे हाे । कोभिड-१९ महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा आर्थिक गतिविधिमा संकुचन आएपनि चालु आर्थिक ०७७/७८ वर्षका प्रमुख आर्थिक परिसूचकहरु सन्ताेषजनक रहेका अर्थमन्त्री पाैडेलले बताउनुभयाे ।

चालु आर्थिक वर्षको अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) ४२ खर्ब ६६ अर्ब ३२ करोड रहने प्रारम्भिक अनुमान रहेकाे उहाँले बतानउनुभयाे । अर्थमन्त्री पौडेलले कोभिडबीच पनि ४ दशमदव १ प्रतिशत आर्थिक बृद्धि हासिल हुने अनुमान गरिएकाे बताउनुभयाे ।

चालु आर्थिक वर्षको यस अवधिमा देशको सामाजिक विकासका सूचकहरु समेत उत्साहप्रद देखिएका प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष ०७६/७७ मा कर्णाली र सुदूपश्चिमप्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेकोमा चालु आर्थिक वर्ष ०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत भन्दा उच्च रहने अनुमान छ । यद्यपी चालु आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीब्र गतिले फैलिइरहेको कोभिड-१९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेकाे मन्त्रालयले जनाएकाे छ ।

चालु आर्थिक वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमश:२.६ प्रतिशत, ५.० प्रतिशत र ४.४ प्रतिशतले वृद्धि हुने अनुमान छ । त्यसैगरी, चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमश: २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान छ ।
आर्थिक वर्ष ०७६/७७ मा कुल लगानी ३० दशमलव ४ प्रतिशतले सङ्कुचन भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा १८ दशमलव १ प्रतिशतले वृद्धि भई १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनसँग बचतको अनुपात ६ दशमलव ६ पुग्ने अनुमान छ ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) मा ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११९१ पुगेको अनुमान भने प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी (प्रचलित मूल्यमा) ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १४८६ पुगेको अनुमान छ ।

अन्य आर्थिक परिसूचक जस्तै चालु आर्थिक वर्षमा वस्तु तथा सेवाको औसत मूल्यस्तर वाञ्छित सीमाभित्र नै छ । चालु आर्थिक वर्षकोफागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ३.५ प्रतिशत छ जुन अघिल्लो वर्षको सोही अवधिमा ६.५ प्रतिशत थियो ।

सार्वजनिक खर्च व्यवस्थापनमा गरिएका सुधारबाट अपेक्षित नतिजा हासिल भएका छन् । आर्थिक वर्ष ०७६-७७ मा संघ, प्रदेश र स्थानीय तहको एकीकृत खर्च रु.११ खर्ब ९१ अर्ब ६ करोड छ । एकीकृत खर्चमध्ये चालु खर्च ५६.० प्रतिशत, पुँजीगत खर्च ३४.१ प्रतिशत र वित्तीय व्यवस्था ९.९ प्रतिशत छ।  यस अवधिमा सरकारबाट वित्तीय व्यवस्थापनका लागि चालिएका कदमहरुबाट वित्तिय अनुशासनको अवस्था सुदृढ हुँदै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको बजेट घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५ दशमलव ५ प्रतिशतले सुधार भई २९ अर्ब १६ करोड छ । आर्थिक वर्ष ०७६-०७७ मा संघीय सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ८ दशमलव  १ प्रतिशत थियो ।

राजस्व परिचालन क्षमता सुदृढ भई चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दशमलव प्रतिशतले बढेर रु.५ खर्ब १ अर्ब ९७ करोड पुगेको छ ।  यस अवधिमा सार्वजनिक ऋण र आन्तरिक ऋण परिचालन तथा उपयोग क्षमता अभिवृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म रु. १ खर्ब १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म रु.७ अर्ब ४८ करोड अनुदान र रु.८५ अर्ब २ करोड ऋण गरी जम्मा रु. ९२ अर्ब ५० करोड अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ । यस अवधिमा ऋण तर्फ रु.५० अर्ब ३८ करोड र अनुदानतर्फ रु.९ अर्ब ७१ करोड गरी जम्मा रु. ६० अर्ब ९ करोड अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ ।

अर्थतन्त्रमा वित्तीय प्रगाढता निरन्तर बढ्दै गएको छ । ०७७ फागुनसम्म ७५० स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा पुगेको छ।  चालु आर्थिक वर्षकोफागुन महिनासम्म बैङ्क तथा वित्तीय संस्थाको निक्षेप ११ दशमलव ० प्रतिशतले वृद्धि भई रु. ४२ खर्ब ६० अर्ब ४७ करोड पुगेको छ भने कर्जा प्रवाह १७ दशमलव ५ प्रतिशतले वृद्धि भई रु. ३८ खर्ब ४६ अर्ब ३१ करोड पुगेको छ ।

कोभिड-१९ का कारण सिर्जित प्रतिकूलता तथा नकारात्मक प्रभावबाट अर्थतन्त्र तथा आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनिकरण गर्न नेपाल सरकारले लिएका नीतिहरुको प्रभावकारी कार्यन्वयन भइरहेको छ । कोभिड-१९ बाट प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्योग क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीमा सहयोग पुर्‍याउने उद्देश्यले यसै वर्ष सु रु गरिएको व्यवसायिक निरन्तरता कर्जा २०७७ फागुन मसान्तसम्म रु.२० करोड ८८ लाख प्रवाह भएको छ।

कोभिड-१९ का कारण उत्पन्न असहज परिस्थितिमा पनि आर्थिक गतिविधि चलायमान बनाउन र समष्टिगत आर्थिक व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यअनुरुप कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था गरिएको छ। ऋणीहरूलाई चालु पुँजी कर्जाको अधिकतम२० प्रतिशतसम्म र आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ ।

कोभिड-१९ को प्रतिकूल परिस्थितिकै अवधिमा पूँजीबजार तथा बीमा बजारको दायरा अभिवृद्धि हुनाका साथै उत्साहप्रद प्रगति हासिल भएका छन् ।२०७६ फागुनमसान्तमा १,३७७.२ बिन्दुमा रहेको नेप्से सूचकाङ्क २०७७ फागुनमसान्तमा २,४५८.५ बिन्दुमा पुगेको छ । आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ० प्रतिशतले वृद्धि भई रु.५ खर्ब २ अर्ब ७० करोड पुगेको छ। चालु आर्थिक वर्षको फागुनसम्म रु.१ खर्ब २ अर्ब ४० करोड बीमाशुल्क सङ्कलन भएको छ ।

प्रस्तुत अवधिमा बाह्य क्षेत्रतर्फ समेत सुधार देखिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु पैठारी २.१ प्रतिशतले वृद्धिभई रु.९खर्ब ४३अर्ब ९९करोड पुगेको छ भने कुल वस्तुनिकासी ७.८ प्रतिशतलेवृद्धि भई रु.८०अर्ब ७८करोड पुगेको छ ।आर्थिक वर्ष २०७६/७७को सोहीअवधिमा वस्तुनिर्यात रु.७४ अर्ब ९१करोड थियो ।
चालु आर्थिक वर्षमा खुद ट्रान्सफर आय, पुँजी खाता र वित्तीयखाता बचतमा रहेका कारण शोधनान्तर स्थितिमा सुधारआएको छ।

आर्थिक वर्ष २०७७/७८को फागुनसम्म शोधनान्तर स्थिति रु.६८अर्बले बचतमा रहेको छ भने चालु खाता रु.१ खर्ब ४८ अर्ब ६८ करोडले घाटामा रहेको छ ।आर्थिक वर्ष २०७६/७७कोसोही अवधिमा शोधनान्तर स्थिति रु. ३७ अर्ब ८४करोडले बचतमा रहेकोथियो भने चालु खाता रु.१ खर्ब १९ अर्ब ७० करोडले घाटामा रहेको थियो ।

गत आर्थिक वर्षको फागुनसम्म विप्रेषणआप्रवाहरु.५ खर्ब ९१अर्ब १९करोड रहेकोमा चालु आर्थिक वर्षमा ८.६प्रतिशतले वृद्धिभईरु.६खर्ब४२अर्ब १४ करोड पुगेको छ।आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आय रु.८ खर्ब ७५ अर्ब ३ करोड थियो  ।

 

आर्थिक सर्वेक्षणकाे सारांश:

 


0
Shares

प्रतिक्रिया दिनुहोस !