२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार ०८:४९


काठमाडौं । सरकारले आर्थिक वर्ष ०७८/७९ को वार्षिक बजेट सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

शनिबार बसेकाे मन्त्रिपरिषद् बैठकले बजेट सम्बन्धी अध्यादेश स्वीकृत गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेकाे भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयाे । मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गर्नुभएकाे बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको हाे ।

 

राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बजेट प्रस्तुत हुनेछ । अपरान्ह ४ बजे बजेट प्रस्तुत हुनेछ ।

प्रतिनिधि सभा विघटन भएकाले अध्यादेशमार्फत सरकारले बजेट ल्याउन लागेकाे हाे । हरेक वर्ष जेठ १५ भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधान छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !