२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यस्तो छ स्वास्थ्य क्षेत्रमा सरकारको आगामी आर्थिक वर्षको कर्यक्रम

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १२:१९


काठमाडौं । सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम स्वास्थ्य क्षेत्रमा केन्द्रीत रहेको छ ।

कोभिड रोकथाम, नियन्त्रण, उपचार र खोपलाई पहिलो प्राथमिकतामा राखेको सरकारले स्वास्थ्यको अन्य थुप्रै कार्यक्रम पनि ल्याएको छ ।

सरुवारोगको दीगो उपचार प्रवन्धको लागि सरकाले काठमाडौंमा ३ सय शैय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ । त्यस्तै सातवटै प्रदेशमा सरुवा रोग अस्पताल स्थापना हुने भएका छन् ।

वीरअस्पतालको सेवा विस्तारको लागि भक्तपुरमा ३ वर्षभित्र कार्य सम्पन्न गर्नका लागि आगामी आर्थिक वर्षमा डीपीआर निर्माण गरिने भएको छ ।

१४ वर्ष मुनिका बालबालिका र ७० वर्ष माथिका जेष्ठ नागरिकको मुटुरोगको उपचार निःशुल्क गरिने भएको छ ।

अक्सिजन आयात भन्सार मूल्य अभिवृद्धिकरमा सरकारले छुट दिने घोषणा गरेको छ । त्यस्तै विद्युत महशुलमा ५० प्रतशि छुट दिने निर्णय गरेको छ ।

स्वाथ्य, जनशक्ति विकास तथा आयुर्वेदिक तथा प्राकृति अस्पताल स्थापना गर्ने सरकारले घोषणा गरेको छ ।

सरकाले ३ सय ९६ आधारभुत अस्पताल निर्माणको लागि ६ अर्ब १५ करोड रुपैँया छुट्याएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !