पूर्व–पश्चिम रेलमार्ग निर्माणको लागि १० अर्ब ३ करोड
प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १३:२४
काठमाडौं । सरकारले पूर्व–पश्चिम रेलमार्ग निर्माणको लागि १० अर्ब ३ करोड रुपैँया छुट्याएको छ ।
अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै रेल मार्ग आयोजनाको लागि सो बजेट विनियोजन गरेको घोषणा गर्नुभयो ।
पूर्व–पश्चिम रेल मार्ग निर्माणको लागि यस अघि नै डीपीआर निर्माण भई निर्माण कार्य समेत चलि रहेको छ । यस वर्ष सो कार्यको लागि सरकारले थप बजेट छुट्याएको हो ।
0
Shares