७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारले ल्यायाे १६ खर्ब ४७ अर्ब ५७ करोडकाे बजेट

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १३:३८


काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष ०७८-७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार सिंहदरबारबाट आर्थिक वर्ष ०७८-७९ को बजेट सार्वजनिक गर्नुभएकाे हाे । चालु खर्चतर्फ कुल ६ खब ७८ अर्ब ६१ करोड विनियाेजन गरिएकाे छ । पूँजीगत खर्चतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तिय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश र स्थानीय तहतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको छ ।

प्रतिनिधि सभा विघटन भएकाले अर्थमन्त्री पाैडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट बजेट भाषण गर्नुभएकाे हाे । प्रतिनिधि सभा नभएकाे अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएकाे हाे ।

गत वर्ष सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडकाे बजेट ल्याएकाे थियाे । गत बर्ष भन्दा याे वर्ष बजेटकाे आकार बढेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !